२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • रवि लामिछानेको आग्रह:अनुहार उज्यालो बनाउनुहोस्, रास्वपा...

रवि लामिछानेको आग्रह:अनुहार उज्यालो बनाउनुहोस्, रास्वपा तपाईंको साथमा छ

रवि लामिछानेको आग्रह:अनुहार उज्यालो बनाउनुहोस्, रास्वपा तपाईंको साथमा छ

शनिवार, पौष ५ २०८२०३:१७
शनिवार, पौष ५ २०८२०३:१७
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्धक्क भएर काम–कारबाही अघि बढाउन आग्रह गरेका छन्। शनिबार चितवनमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीको अनुहार उज्यालो बनाउन र सुशासनको पक्षमा दृढ भएर अघि बढ्न आग्रह गरे।

    आफू नक्खु कारागारमा रहेका बेला कहिलेकाहीँ टेलिभिजन हेर्दा प्रधानमन्त्रीको अनुहार अँध्यारो देखिने गरेको उल्लेख गर्दै लामिछानेले भने, “आफ्नो अनुहार उज्यालो पार्नुहोस् प्रधानमन्त्रीज्यू, रास्वपा तपाईंको साथमा छ। सुशासनको डन्डा चलाउनुहोस्, चुनाव गराउनुहोस्, रास्वपा तपाईंको साथमा छ।”

    पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले प्रधानमन्त्री कार्की न्यायालयसँग जोडिएको व्यक्तित्व भएको उल्लेख गर्दै देशलाई पनि न्याय दिलाउन आग्रह गरे। उनले प्रधानमन्त्रीको साथमा केवल रास्वपा मात्र नभई सिंगो देश रहेको दाबीसमेत गरे।

    सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा पौने चार करोड रुपैयाँ धरौटी बुझाएर शुक्रबार रिहा भएका लामिछानेको यो रिहाइपछिको पहिलो राजनीतिक सम्बोधन हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend