२०८३, आश्विन २२ गते

images
  • कर्पोरेट
  • साताको पहिलो कारोबार दिन नै सामान्य...

साताको पहिलो कारोबार दिन नै सामान्य घट्यो सुनको मूल्य

साताको पहिलो कारोबार दिन नै सामान्य घट्यो सुनको मूल्य

आइतवार, पौष ६ २०८२१०:४६
आइतवार, पौष ६ २०८२१०:४६
  • images

    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको सय रुपैयाँले घटेर २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन शुक्रबार सुन तोलाको २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन शुक्रबार तोलाको ४ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर ४ हजार १०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार आइतबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २१ हजार ४५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ५२० रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend