२०८३, आश्विन २२ गते

images

साढे ८ महिनापछि घण्टीघरमा भित्रिँदै रवि

साढे ८ महिनापछि घण्टीघरमा भित्रिँदै रवि

आइतवार, पौष ६ २०८२१२:०७
आइतवार, पौष ६ २०८२१२:०७
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने साढे ८ महिनापछि आज (पुस ६ गते) पार्टीको केन्द्रीय कार्यालयमा प्रवेश गर्दै छन्। 

    सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासको आदेशअनुसार रुपन्देही जिल्ला अदालतमा पौने ४ करोड धरौटी बुझाएर शुक्रबार (पुस ४ गते) नक्खु कारागारबाट रिहा भएका लामिछानेलाई आज काठमाडौँको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा भित्र्याउन लागिएको हो। 

    रास्वपा प्रवक्ता मीनष झाले भने, ‘आज दिउँसो ३ बजे सभापति रवि लामिछानेज्यूलाई पार्टी केन्द्रीय कार्यालय, वनस्थलीस्थित घण्टीघरमा स्वागत गर्ने कार्यक्रम छ।’ उनका अनुसार सभापति लामिछाने साढे ८ महिनापछि आज पार्टी कार्यालय प्रवेश गर्दै छन्। 

    त्यस दिन रास्वपाको केन्द्रीय कार्यसमितिको विशेष बैठकको अध्यक्षता गरेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै थुनामा पठाउने आदेश दिएपछि चैत २२ साँझ निवासबाटै प्रहरीले पक्राउ गरेको थियो।  

    त्यसअघि गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले उनलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर अहिले फेरि उच्च अदालत तलुसीपुरको बुटवल इजलासले लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो।  

    धरौटी बुझाउन गत शुक्रबार रुपन्देही पुगेका पूर्वगृहमन्त्रीसमेत रहेका रविले रिहा भएपछि शनिबार चितवनमा कार्यकर्ताहरूलाई सम्बोधन गरेका थिए। 

    त्यसपछि शनिबारै दिउँसो काठमाडौँ फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रास्वपा नेता(कार्यकर्ताहरूले बाजागाजासहित स्वागत गरेका थिए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend