२०८३, आश्विन २२ गते

images
  • कर्पोरेट
  • तोलामा ३४ सयले बढेर सुनचाँदीको मूल्य...

तोलामा ३४ सयले बढेर सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

तोलामा ३४ सयले बढेर सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

सोमवार, पौष ७ २०८२१०:५६
सोमवार, पौष ७ २०८२१०:५६
  • images

    काठमाडौँ । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। 

    आज सोमबार सुन प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेर २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। जुन अहिलेसम्मकै उच्च मूल्य हो। यसअघिको उच्च मूल्य गएको मंसिर २९ गते प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ थियो। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै आज सोमबार चाँदी ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। जुन अहिलेसम्मकै उच्च मूल्य हो।

    नेपाली बजारमा चाँदीको मूल्यले आइतबार पनि कीर्तिमान बनाएको थियो। आइतबार एक तोला चाँदीको मूल्य ४ हजार १ सय ५ रुपैयाँ थियो। त्यसबाट आज सोमबार १ सय ३० रुपैयाँले बढेको हो।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend