२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • निर्वाचनका लागि ११४ दल दर्ता, थपिए...

निर्वाचनका लागि ११४ दल दर्ता, थपिए १० लाख १६ हजार मतदाता

निर्वाचनका लागि ११४ दल दर्ता, थपिए १० लाख १६ हजार मतदाता

सोमवार, पौष ७ २०८२०३:१०
सोमवार, पौष ७ २०८२०३:१०
  • images

    काठमाडौँ । देशभर १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन्। सोमबार सिंहदरबारमा आयोजित आसन्न प्रतिनिधि सभा निर्वाचनसम्बन्धी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त जानकारी दिए।

    उनका अनुसार हाल प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूको संख्या ११४ पुगेको छ। २०७९ सालको निर्वाचनमा ८७ दल सहभागी भएका थिए। दलको संख्या बढेकाले निर्वाचनमा प्रतिस्पर्धा अझ कडा हुने आयोगको अनुमान छ।

    निर्वाचनमा प्रयोग हुने ५१ प्रकारका सामग्री पहिचान गरिएको जानकारी दिँदै भट्टराईले तीमध्ये ३७ सामग्री जिल्लास्तरमै खरिद गरिने र बाँकी १४ सामग्री मात्रै आयोगले केन्द्रबाट उपलब्ध गराउने व्यवस्था गरिएको बबताए।

    उनले  भने, ‘मतपेटिका र मसीको मौज्दात पर्याप्त भएकाले ती सामग्री खरिद गर्नुपर्ने अवस्था छैन। नपुग हुने सामग्री मात्रै खरिद गरेर निर्वाचन मितव्ययी ढंगले सम्पन्न गर्ने तयारी गरिएको छ।’

    भट्टराईका अनुसार मतदाता नामावलीको अन्तिम सूची पुस १५ मा प्रकाशित हुनेछ। हालसम्म मतदाताको संख्या ५.६५ प्रतिशतले वृद्धि भएको छ।

    उनले निर्वाचन पर्यवेक्षणका लागि पहिलो चरणको अनुमति दिइसकिएको र मुलुकभर सुरक्षित निर्वाचन वातावरण बनाउन सुरक्षा निकाय तथा सरकारसँग निरन्तर समन्वय भइरहेको जानकारी पनि दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend