२०८३, आश्विन २२ गते

images
  • कर्पोरेट
  • सुनचाँदी दुबैकाे मूल्य हालसम्मकै उच्च, कतिमा...

सुनचाँदी दुबैकाे मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?

सुनचाँदी दुबैकाे मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?

सीएनएन खबर
मंगलवार, पौष ८ २०८२१०:४९
सीएनएन खबर
मंगलवार, पौष ८ २०८२१०:४९
  • images

    काठमाडौँ। नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ५ हजार ५ सय रुपैयाँले बढेर २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार सुन तोलाको २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन सोमबार तोलाको ४ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर ४ हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २९ हजार ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ६४८ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend