२०८३, आश्विन २२ गते

images
  • कर्पोरेट
  • सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो, कतिमा...

सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बुधबार पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बुधवार, पौष ९ २०८२१०:५६
बुधवार, पौष ९ २०८२१०:५६
  • images

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ९ सय रुपैयाँले बढेर २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार सुन तोलाको २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन मंगलबार तोलाको ४ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी बुघबार बढेर ४ हजार ४२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार बुधबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २९ हजार ८५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ७९० रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend