२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • प्रधानमन्त्रीको राजीनामा माग गर्दै निकोलस भुसालले...

प्रधानमन्त्रीको राजीनामा माग गर्दै निकोलस भुसालले माइतिघरमा सुरु गरे अनसन

प्रधानमन्त्रीको राजीनामा माग गर्दै निकोलस भुसालले माइतिघरमा सुरु गरे अनसन

बुधवार, पौष ९ २०८२१२:२३
बुधवार, पौष ९ २०८२१२:२३
  • images

    काठमाडौँ । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् । 

    प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै उनले राजधानीको माइतीघरमा आन्दोलन सुरु गरेको जेनजी अभियन्ता अजय सोडारीले जानकारी दिए । 

    जेनजीको एक समूहले वर्तमान सरकारले जेनजी आन्दोलनको भावनाअनुसार काम नगरेको भनेर आन्दोलन गरिरहेको बेला भुसालले पनि आमरण अनसन थालेका हुन् । मिराज ढुंगाना नेतृत्वको संयुक्त जेनजी आन्दोलनले माइतीघरमै सरकार लक्षित आन्दोलन गर्दै आएको छ । सो आन्दोलनमा समेत भुसाल देखिएका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend