२०८३, आश्विन २२ गते

images

४ वर्षपछि लिङ्देन र थापा एकै ठाउँमा, १६ गते पार्टी एकता

४ वर्षपछि लिङ्देन र थापा एकै ठाउँमा, १६ गते पार्टी एकता

बुधवार, पौष ९ २०८२०९:०६
बुधवार, पौष ९ २०८२०९:०६
  • images

    काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबिच एकताका लागि सहमति पत्रमा हस्ताक्षर भएको छ ।
    बुधबार साँझ राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा राप्रपाका तर्फबाट लिङ्देन र राप्रपा नेपालका तर्फबाट थापाले हस्तक्षर गरेका हुन् ।

    ‘राप्रपा र राप्रपा नेपालकाबिच एकता गर्ने सहमति गरेका छौँ । एकता घोषणा सभा पौष १६ गते राष्ट्रिय सभागृहमा हुनेछ,’ सहमतिपत्रमा भनिएको छ । ०७८ सालमा भएको पार्टी महाधिवेशनपछि अध्यक्षमा पराजितपछि कमल थापाले पार्टी फुटाएर नयाँ दल खोलेका थिए । जेनजी आन्दोलनपछि दुवै दलका अध्यक्षहरुबिच निरन्तर छलफलपछि फुटेको ४ वर्षपछि पुनः पार्टी एकता गर्न लागेका हुन् ।

    raaa.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend