२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • आफ्नै पार्टी बनाउन कस्सिए बालेन शाह,...

आफ्नै पार्टी बनाउन कस्सिए बालेन शाह, को कोसँग गरे कुराकानी ?

आफ्नै पार्टी बनाउन कस्सिए बालेन शाह, को कोसँग गरे कुराकानी ?

बिहिवार, पौष १० २०८२१०:४७
बिहिवार, पौष १० २०८२१०:४७
  • images

    काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आफ्नै नेतृत्वमा पार्टी बनाएर अघि बढ्न कस्सिएका छन् । उनले बुधबार ललितपुरको कुपन्डोलमा करिब ७ घण्टा फरक– फरक क्षेत्रका व्यक्तित्वसँग कुराकानी गरेको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।

    निकट एक नेताले दिएको छलफलमा रास्वपा सभापति रवि लामिछाने र बालेनबीचको भेटले सार्थकता पाउने सम्भावना निकै कम रहेकाले अहिले भेटलाई तीव्रता दिइएको हो ।

    निर्वाचन आयोगमा समानुपातिक सूची बनाउने समय निकै नजिक आएकाले अहिले छलफललाई तीव्रता दिनुपरेको ती नेताले जानकारी दिए ।

    बुधबारको छलफलमा पत्रकार, उद्योगी, व्यवसायी, जेनजी प्रतिनिधि, केही दलका नेताहरुलगायतसँग पनि भेट गरेका थिए । विवेकशील पार्टी छाडेका मिलन पाण्डे, रमेश पौडेल, जेनजी प्रतिनिधि रक्षा बम, सीके राउत, रेशम चौधरी, सुरज सिंह ठकुरी, सम्भव सिरोहिया, ऋषि धमलालगायतसँग छलफल गरेको स्रोतले जानकारी दियो ।

    भेटपछि पत्रकार धमलाले दिएको जानकारीअनुसार बालेन झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिष्पर्धा गर्न चाहन्छन् ।

    बालेनले कुन पार्टीलाई अघि बढाउने भन्ने कुनै निर्णय नभए पनि यसअघि लौरो चुनाव चिह्न लिएर निर्वाचन आयोगमा दर्ता भएको पार्टीको नेतृत्व गरेर जाने विषयमा छलफल भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend