२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • रास्वपाले सार्वजनिक गर्‍यो समानुपातिकतर्फका ३८७ आकांक्षीको...

रास्वपाले सार्वजनिक गर्‍यो समानुपातिकतर्फका ३८७ आकांक्षीको अन्तिम सूची सार्वजनिक

रास्वपाले सार्वजनिक गर्‍यो समानुपातिकतर्फका ३८७ आकांक्षीको अन्तिम सूची सार्वजनिक

शुक्रवार, पौष ११ २०८२१०:४२
शुक्रवार, पौष ११ २०८२१०:४२
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिकतर्फका ३८७ जना आकांक्षीको अन्तिम सूची सार्वजनिक गरेको छ ।

    रास्वपाले शुक्रबार २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका ३८७ जना आकांक्षी उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो ।

    रास्वपाका अनुसार उम्मेदवारका लागि ४१४ जना आकांक्षीहरूले पार्टीमा आवेदन दिएका थिए । जसमध्ये २७ जनाको नाम सार्वजनिक सूचीमा समावेश गरिएको छैन ।

    सूचीमा नाम समावेश नगरिएकाहरूलाई भर्चुअल माध्यमबाट उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराइने रास्वपाले जनाएको छ ।

    समानुपातिकतर्फका आकांक्षीबाट आवेदनका लागि प्रति व्यक्ति ५० हजार शुल्क तोकिएको थियो। त्यस अनुसार रास्वपाले दुई करोड ७ लाख रुपैयाँ संकलन गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend