काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलाको २ लाख ७० हजार रुपैयाँ नजिक पुगेको छ । शुक्रबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएसँगै सुनको मूल्य हालसम्मकै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार छापावाला सुन तोलाको १ हजार ८ सय रुपैयाँले बढेर २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहीबार सुन तोलाको २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन बिहीबार तोलाको ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ४ हजार ५६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ३० हजार ८८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ९१४ रुपैयाँमा कारोबार भईरहेको छ ।

