२०८३, आश्विन २२ गते

images

बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त, लिए शपथ

बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त, लिए शपथ

शुक्रवार, पौष ११ २०८२०२:५९
शुक्रवार, पौष ११ २०८२०२:५९
  • images

    काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् ।

    प्रधानमन्त्री कार्कीले आफूसँग रहेको परराष्ट्रमन्त्रीको जिम्मेवारी शर्मालाई दिएकी हुन् । त्यस्तै अझै कार्कीसँग प्रधानमन्त्रीसहित रक्षामन्त्रीको समेत जिम्मेवारीमा रहेकी छन् ।

    आजै नवनियुक्त मन्त्री शर्माले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।


    नेपाली सेनाको पूर्वरथी रहेका शर्मा माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोनाका लागि मूख्य भूमिका खेलेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend