२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • ३ दलका नेतासँग छलफल गर्दै प्रधानमन्त्री...

३ दलका नेतासँग छलफल गर्दै प्रधानमन्त्री कार्की

३ दलका नेतासँग छलफल गर्दै प्रधानमन्त्री कार्की

शनिवार, पौष १२ २०८२०८:०१
शनिवार, पौष १२ २०८२०८:०१
  • images

    काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच आज निर्वाचनका विषयमा छलफल हुने भएको छ । निर्वाचनको ‘सुरक्षा र चुनावी वातावरणप्रति’ प्रमुख दलले आशंका व्यक्त रेपछि प्रधानमन्त्री कार्कीले आज कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दोस्रो पटक छलफल गर्न लागेकी हुन् ।

    अन्तरिम सरकारले फागुन २१ मा निर्वाचन तोकिए पनि निर्वाचनप्रति संशय कायमै रहेको बताउँदै ठूला दलहरु चुनावी माहोल बनाउन सभा(सम्मेलन नगरेपछि सरकारको तर्फबाट पनि दल र शीर्ष नेतृत्वसँग संवाद र छलफल अघि बढ्न थालेको हो। यस अगाडि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा  शीतल निवासमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता भएको थियो । 

    जेन–जीकै जगमा बनेको सरकार पछिल्लो पटक जेन–जीकै निसानामा छ। कतिपय जेन–जीहरू सरकारको राजीनामा मागिरहेका छन्। जेन–जी पनि आफूप्रति खनिन थालेपछि सरकारले दलहरूसँग निकटता बढाउन सुरु गरेको छ। ‘ठूला दलका शीर्ष नेताको मुख पनि हेर्दिनँ’ भन्ने प्रधानमन्त्री कार्कीले राष्ट्रपति भवन शीतल निवासमा शीर्ष नेतृत्वसँग छलफल गरेकी थिइन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend