२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • एमालेको ११ औँ महाधिवेशनपछिको पहिलो सचिवालय...

एमालेको ११ औँ महाधिवेशनपछिको पहिलो सचिवालय बैठक बस्दै, यस्तो छ एजेण्डा

एमालेको ११ औँ महाधिवेशनपछिको पहिलो सचिवालय बैठक बस्दै, यस्तो छ एजेण्डा

शनिवार, पौष १२ २०८२०७:४६
शनिवार, पौष १२ २०८२०७:४६
  • images

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे छलफल गर्न आइतबार बिहान ११ बजे बस्ने गरी बैठक बस्न लागेको एमाले सचिव डा राजन भट्टराईले जानकारी दिए । 

    बैठकमा प्रतिनिधिसभामा समानुपातिक तर्फका उम्मेदवारबारे छलफल हुने उनले बताए।  

    “समानुपातिक तर्फका उम्मेदवारको नाम छनोट तथा निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक डाँकिएको छ”, सचिव डा भट्टराईले भने । 

    बैठक ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend