काठमाडौँ । चिरीबाबु महर्जनले नेपाली कांग्रेसका १५ औं महाधिवेशनमा केन्द्रिय सदस्य पदका लागि मनोनयन दर्ता गराएका छन् । उनी ललितपुर महानगरका मेयर हुन ।
नेपाली कांग्रेसको उम्मेदवार भएर उनीे ललितपुर महानगरपालिकाको नगर प्रमुखको रुपमा दुईपटक निर्वाचित भए । वि।सं।२०७४ र वि.सं.२०७९को स्थानीय तहको निर्वाचनमा उनी महानगरको मेयरमा निर्वाचित भएका हुन् । देशभरका ७सय ५३ वटा पालिकामध्ये उदाहरणीय काम गरेको भन्दै चिरीबाबुको कामको प्रशंसा गर्नेहरु धेरै छन् ।
केन्द्रीय सदस्यका उम्मेदवार चिरीबाबु महर्जनले कांग्रेसको रुपान्तरण र रुपान्तरित कांग्रेसलाई बलियो बनाउन उम्मेवदारी दिएको बताए । उनले भने, ‘युवाको उर्जालाई लिएर अघि बढ्नुपर्छ, यो अहिलेको आवश्यकता र माग दुई हो । ’
चिरीबाबुको राजनीतिक यात्रा
त्यतिबेलासम्म उनी कुनै दलमा आबद्ध भएका थिएनन् । सुधारिएको पञ्चायत आएपछि २०३८ मा उनी वडाअध्यक्ष उठे । जसमा उनले सहजै जित हासिल गरे । चिरीबाबु भन्छन्, ‘टोलटोलमा फ्री क्लिनिक र पुस्तकालय स्थापना गर्नमा नेतृत्वदायी भूमिका खेलेकाले चुनाव सजिलै जिते ।
‘मेरो इमान्दारितामा अहिलेसम्म कसैले पनि औला उठाउन सकेको छैन, किनकी म जनताको पैसा खाँदिन र त मलाई जनताले मन पराउँछन् ।
अनि उनीहरुको विश्वास जितेको छु,’ चिरीबाबु भन्छन् । २०३८ सालमा वडा अध्यक्ष चुनिए पनि त्रिभुवन बिमानस्थलको प्रोजेक्टमा काम गरि रहे । त्यसो गर्नुको एउटा कारण थियो, घर व्यवहार चलाउनु । आत्मसन्तुष्टिका लागि उनी वडा अध्यक्ष भए, घर चलाउन जागिर खाए । विं सं. २०४३ सालमा पनि उनले वडाअध्यक्ष पदमा चुनावमा होमिए र जिते । २०४६ सालमा बुहदललाई समर्थन गर्न उनले वडाध्यक्षबाट राजीनामा दिए । उनको कांग्रेस पार्टीसँगको आवद्धता भने रोचक छ । ०४९ सालमा उनलाई कांग्रेसले वडा नम्बर ३ को वडा अध्यक्षमा उठायो । त्यो चुनावमा पनि उनले विजय प्राप्त गरे ।
मुलुकमा संघीयता लागू भएपछि भएको स्थानीय तहको निर्वाचन २०७४ मा नेपाली कांग्रेसले उनलाई ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनायो । उक्त चुनावमा उनले जिते । वि।सं।२०७९मा पनि चिरीबाबुले दोस्रोपटक महानगरपालिकाको मेयरमा भारी मत सहित विजय हासिल गरे ।

