२०८३, आश्विन २२ गते

images
  • कर्पोरेट
  • ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको २...

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको २ लाख ७० हजार नाघ्यो

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको २ लाख ७० हजार नाघ्यो

सीएनएन खबर
आइतवार, पौष १३ २०८२१०:४८
सीएनएन खबर
आइतवार, पौष १३ २०८२१०:४८
  • images

    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको १ हजार ३ सय रुपैयाँले बढेर २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

    अघिल्लो दिन शुक्रबार सुन तोलाको २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन शुक्रबार तोलाको ४ हजार ५६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर ४ हजार ८३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार आइतबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ३१ हजार ९९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार १४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend