२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • रवि–बालेन मिलनपछि एमाले महासचिव भन्छन्: नेपाललाई...

रवि–बालेन मिलनपछि एमाले महासचिव भन्छन्: नेपाललाई युक्रेन बनाउने दोस्रो चरणको तयारी

रवि–बालेन मिलनपछि एमाले महासचिव भन्छन्: नेपाललाई युक्रेन बनाउने दोस्रो चरणको तयारी

आइतवार, पौष १३ २०८२११:२२
आइतवार, पौष १३ २०८२११:२२
  • images

    काठमाडौँ । रवि लामिछाने नेतृत्वको रास्वपा र काठमाडौंका मेयर बालेन शाहबीच भएको एकतालाई एमाले महासचिव शंकर पोखरेलले नेपाललाई युक्रेन बनाउन षड्यन्त्रको दोस्रो चरणको तयारी भनेका छन् । पहिलो चरणमा २३ र २४ भदौका घटना घटाइएको पोखरेलको आरोप छ । 

    सामाजिक सञ्जालमा पोखरेलले लेखेका छन् ‘भदौ २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो । अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुँदै छ ।’

    उनले भदौ २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको हत्या गरिएको र दोस्रो दिन मुलुकको अस्मिता र सामर्थ्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरिएको उल्लेख गरेका छन् । यी विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुन थालेका पनि पोखरेलले बताएका छन् । 

    उनले नेपाललाई युक्रेन बनाउने षड्यन्त्र असफल पार्न पनि आह्वान गरेका छन् । ‘यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक छ । नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सकृय भूमिका खेल्नुपर्छ ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend