२०८३, आश्विन २१ गते

images

निर्वाचन आचारसंहिता २०८२ स्वीकृत(पूर्णपाठ)

निर्वाचन आचारसंहिता २०८२ स्वीकृत(पूर्णपाठ)

आइतवार, पौष १३ २०८२०२:१०
आइतवार, पौष १३ २०८२०२:१०
  • images

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ। शनिबार बसेको आयोगको बैठकले आचारसंहिता पारित गरेको आयोगले जनाएको छ।

    स्वीकृत आचारसंहिताअनुसार राजनीतिक दल वा उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धताबारेको कार्यप्रगति प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ। यसले दल र उम्मेदवारको जवाफदेहिता बढाउने अपेक्षा गरिएको छ।

    आचारसंहिता लागू भएको अवधिमा यसको विपरीत काम–कारबाही गरेको प्रमाणित भएमा आचारसंहिताको अवधि समाप्त भएपछि पनि कारबाही गर्न सकिने व्यवस्था गरिएको छ। यसले आचारसंहिता उल्लंघनलाई निरुत्साहित गर्ने आयोगको भनाइ छ।

    त्यस्तै, आचारसंहिता बमोजिम अनुगमनका क्रममा कसैले उल्लंघन गरेको पाइएमा निर्वाचन आयोगले उल्लंघनकर्ताको नामसहितको विवरण सार्वजनिक गर्ने व्यवस्था पनि गरिएको छ।

    नयाँ आचारसंहिताले निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने विश्वास आयोगले व्यक्त गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend