२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • एमालेको समानुपातिक उम्मेदवारको सूची सचिवालय बैठकबाट...

एमालेको समानुपातिक उम्मेदवारको सूची सचिवालय बैठकबाट पारित

एमालेको समानुपातिक उम्मेदवारको सूची सचिवालय बैठकबाट पारित

आइतवार, पौष १३ २०८२०९:०३
आइतवार, पौष १३ २०८२०९:०३
  • images

    काठमाडौं । नेकपा एमालेले समानुपातिक उम्मेदवारको सूची सचिवालय बैठकबाट पारित गरेको छ । उपमहासचिव लेखराज भट्टले आइतबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको समानुपातिक उम्मेदवारको सूची सुझावसहित पारित गरिएको जानकारी दिएका छन् ।

    सोमबार पेश गर्नुपर्ने समानुपातिक सूची तयार अध्यक्ष ओलीले बैठकमा पेश गरेको र त्यसमा सचिवालय सदस्यहरुबाट आएका सुझावलाई समेटदै पारित गरिएको उनले बताए । भट्टले सोमबार समानुपातिक सुची दर्ता गर्ने निर्णय भएको उनले बताए ।

    आयोगले सोमबार दिउसो ४ बजेसम्म समानुपातिकको सूची दर्ता गर्ने समय दिएको छ ।    भट्टले बालेन शाह र रवि लामिछानेबीचको एकताप्रति टिप्पणी गर्दै उनीहरुको सहमति आपसी लेनदेनमा भएकोले कति समय टिक्छ त्यो हेर्नुपर्ने बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend