२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • रास्वपा केन्द्रीय समितिले गर्‍यो बालेनसँग भएको...

रास्वपा केन्द्रीय समितिले गर्‍यो बालेनसँग भएको एकता सहमति अनुमोदन

रास्वपा केन्द्रीय समितिले गर्‍यो बालेनसँग भएको एकता सहमति अनुमोदन

सोमवार, पौष १४ २०८२०८:०४
सोमवार, पौष १४ २०८२०८:०४
  • images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग पार्टीले गरेको बृहत एकताुसम्बन्धी सहमति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिले अनुमोदन गरेको छ।

    रास्वपाका सभापति रवि लामिछाने र मेयर बालेनबीच आइतबार बिहान सातबुँदे सहमति भएको छ। जसअनुसार बालेन आगामी निर्वाचनमा रास्वपा उम्मेदवारका रूपमा चुनाव लड्नेछन् र जितेमा पार्टीले उनलाई प्रधानमन्त्रीमा उठाउनेछ। रास्वपाको नेतृत्व भने रविले नै गर्नेछन्। 

    आइतबारै बेलुका पार्टी सभापति लामिछानेको सभापतित्वमा बसेको केन्द्रीय समितिको विशेष बैठकले उक्त सहमतिलाई अनुमोदन गरेको रास्वपाले जानकारी दिएको छ। 

    ‘राष्ट्रिय स्वतन्त्र पार्टीको आज मिति २०८२ पौष १३ गते पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बसेको केन्द्रीय समितिको विशेष बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी तथा बालेन्द्र शाहबीच बृहत एकताुसम्बन्धी सहमति सम्बन्धमा छलफल गरी प्रस्तुत ऐतिहासिक सहमति केन्द्रीय समितिको बैठकबाट अनुमोदन भएको छ’ रास्वपाले भनेको छ, ‘राष्ट्र हितका लागि बृहत् आँट, त्याग र आशा प्रतिबिम्बित गर्ने उक्त सहमतिको पालनाबाट मुलुकमा व्याप्त भ्रष्टाचार, बेथिति र कुशासनको जालो च्यातेर सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्यायसहितको अवस्था स्थापना गर्ने दिशातर्फ उन्मुख हुने अपेक्षाका साथ बृहत् एकता सम्बन्धी सहमतिको केन्द्रीय समिति सम्मानसाथ पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।’

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend