काठमाडौँ । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्द सूची बुझाउने अन्तिम दिन आज चारवटा राजनीतिक दलले बन्द सूची पेस गरेका छन् ।
नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले बन्द सूची बुझाएका छन् ।
आयोगले आज ५ वटा डेस्क थपेर १० वटा पुर्याएको छ । बन्द सूची बुझाउने पहिलो दिन पाँचवटा डेस्कबाट काम गरिएको थियो । अहिलेसम्म ७०२ जनाको निस्सा लगिएको र १३ जनाले निस्सा लिएको निर्वाचन आयोगले जनाएको छ ।

