काठमाडौँ । तत्कालीन गृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन सिंहदरबार पुगेका छन् ।
नेपाली कांग्रेसका नेता समेत रहेका लेखक पार्टी नेतृत्वसँगको सल्लाहमै बयान दिन पुगेका हुन् ।
भदौ २३ मा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि उनले घटनाको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए ।
२३ गतेको घटनालाई लिएर २४ गते काठमाडौंलगायत २८ जिल्लामा आन्दोलनकारीले विध्वंश मच्चाएका थिए ।
संसद् भवनसँगै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।
प्रहरीका कार्यालयमा आगजनीका साथै हतियार समेत लुटपाट भएको थियो ।

