२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • हताहतीको पीडाबोधले गृहमन्त्रीबाट राजीनामा दिएको हुँ...

हताहतीको पीडाबोधले गृहमन्त्रीबाट राजीनामा दिएको हुँ : लेखक

हताहतीको पीडाबोधले गृहमन्त्रीबाट राजीनामा दिएको हुँ : लेखक

सोमवार, पौष १४ २०८२०४:२३
सोमवार, पौष १४ २०८२०४:२३
  • images

    काठमाडौं । जेन जेड आन्दोलनताका गृहमन्त्री रहेका काँग्रेस नेता रमेश लेखकले २३ भदौमा भएको जेन जेड आन्दोलनको क्रममा भएको मानवीय हताहतीको पीडाबोधले पदबाट राजीनामा दिएको बताएका छन् ।

    जेन जेड आन्दोलनको क्रममा राज्यबाट भएको दमनको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन आयोगमा बयान दिएर फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

    ‘जेनजी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा पूर्वनियोजित रूपमा घुसपैठ भएपछि हिंसात्मक बन्न पुग्यो । त्यसक्रममा थुप्रै मानवीय हतहती हुन पुग्यो । त्यो सुनेपछि असैह्य पीडा भयो । त्यही पीडा बोधका कारण मैले पदीय नैतिकताका आधारमा राजीनामा दिएको हुँ,’ उनले भने ।

    आन्दोलनमा मानवीय हतहती भएकै दिन २३ भदौमै आफूले राजीनामा दिएको भन्दै उनले २४ गते मुलुकमा विध्वंस मच्चाइँदा आफू गृहमन्त्रीमा नरहेको बताए ।

    ‘मैले मान्छे मार भनेर आदेश दिन सक्छु ? त्यस्तो गलत कर्म मबाट हुन्छ ? हुँदैन,’ उनले भने, ‘आयोग त के सबैभन्दा ठूलो आयोग जनताको बीचमा उभिएर स्पष्टसँग भन्दै छु, २३ भदौमा हृदय विदारक घटना भएपछि पदीय नैतिकताको आधारमा त्यसै दिन गृहमन्त्रीबाट राजीनामा दिएको हुँ ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend