२०८३, आश्विन २२ गते

images

तोलामा ८ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा ८ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, पौष १५ २०८२१०:५९
मंगलवार, पौष १५ २०८२१०:५९
  • images

    काठमाडौँ ।नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार सुन प्रतितोला ७ हजार ९ सय रुपैयाँले घटेको हो । 

    सोमबार प्रतितोला २ लाख ७० हजारमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ७९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको छ ।

    आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २४ हजार ७ सय १० सय रुपैयाँ तोकिएको छ ।

    आज चाँदीको भाउ तोलामा ३ सय ५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ९ सय ३५ रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend