२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्न...

५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्न ६४ दलले गरे दर्ता, को को परे ?

५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्न ६४ दलले गरे दर्ता, को को परे ?

मंगलवार, पौष १५ २०८२०३:२५
मंगलवार, पौष १५ २०८२०३:२५
  • images

    काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ६४ वटा राजनीतिक दल ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने भएका छन् ।

    ती दलहरूले ५८ वटा चुनाव चिह्नबाट चुनाव लड्ने गरी बन्दसूची पेस गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

    निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रम अनुसार पुस १३ र १४ गते बन्दसूची पेस गर्ने कार्यतालिका तोकेको थियो ।

    ‘बन्दसूची पेस गर्ने ६४ वटा राजनीतिक दलमध्ये ५४ वटा राजनीतिक दलले आआफ्नो निर्वाचन चिह्नमा र १० वटा दलले चार वटा एकल चुनाव चिह्नमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेका छन्’, प्रवक्ता भट्टराईले भने,‘समानुपातिकतर्फ ११० जना निर्वाचित हुनेछन् ।’

    नेपालको संविधानको धारा ८४ को १९क०मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १६५ जना प्रतिनिधि सभा सदस्य निर्वाचित हुनेछन् । 

    सोही धाराको १(ख) मा समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित हुने व्यवस्था छ ।

    निर्वाचन आयोगमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा, नेपाल श्रम संस्कृति पार्टी, बहुजन शक्ति पार्टी, नेकपा संयुक्त, नेकपा, नेपाली जनता दल, जय मातृभूमि पार्टी, नेकपा माओवादी, सार्वभौम पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता दल, संयुक्त नागरिक पार्टी, राष्ट्र निर्माण पार्टी, राष्ट्रिय जनता पार्टी, नेपाल मातृभूमि पार्टी, मितेरी पार्टी, जनअधिकार पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, संसदीय लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, कांग्रेस बीपी लगायतका दलले समानुपाति सूची निर्वाचन आयोगमा बुझाएका छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend