२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद...

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

सीएनएन खबर
बुधवार, पौष १६ २०८२१०:२९
सीएनएन खबर
बुधवार, पौष १६ २०८२१०:२९
  • images

    काठमाडौं । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज काठमाडौंमा ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ।

    नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) को आयोजनामा हुन लागेको उक्त संवाद कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुने महासङ्घले जनाएको छ।

    संवादमा प्रमुख राजनीतिक दलका प्रतिनिधि, निजी क्षेत्र, युवा पुस्ता (जेन–जी), नागरिक समाज तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

    महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार संवादमार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि तथा राष्ट्रिय विकासमा युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य राखिएको छ।

    अर्थतन्त्रले सामना गरिरहेका वर्तमान चुनौतीको समाधानका लागि संवाद र सहकार्यको वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एफएनसिसिआईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend