२०८३, आश्विन १९ गते

images
  • कर्पोरेट
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार...

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार, आश्विन १९ २०८३११:१४
सोमवार, आश्विन १९ २०८३११:१४
  • images

    काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो । 

    सुनको मूल्य घटेसँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला दुई लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ । महासंघको तथ्यांक अनुसार सोमबार चाँदी प्रतितोला ४० रुपैयाँले बढेको हो । बढेसँगै सोमबारका लागि चाँदी प्रतितोला ४ हजार ४३० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला चार हजार ३९० रुपैयाँ रहेको थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend