२०८३, आश्विन २२ गते

images

३ दिनमा साढे १० हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

३ दिनमा साढे १० हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहिवार, पौष १७ २०८२१०:५१
बिहिवार, पौष १७ २०८२१०:५१
  • images

    काठमाडौँ । नेपाली बजारमा पछिल्लो ३ दिन यता सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार गत मंगलबारदेखि सुनको मूल्य निरन्तर घट्न थालेको हो । 

    मंगलबार एकैदिन तोलामा ७ हजार ९ सयले घटेको सुनको मूल्य बुधबार ११ सय र बिहीबार १४ सय रुपैयाँले घटेको हो । महासंघको पछिल्लो तीन दिनको तथ्यांक अनुसार सुन प्रतितोला १० हजार ४ सय रुपैयाँले घटेको हो । 

    महासंघका अनुसार बिहीबार छापावाला सुन तोलाको १ हजार ४ सय रुपैयाँले घटेर २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार सुन तोलाको २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन बुधबार तोलाको ४ हजार ४७० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ४ हजार ४१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २२ हजार ५६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ७८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend