२०८३, आश्विन २२ गते

images

नाडा अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध

नाडा अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध

बिहिवार, पौष १७ २०८२०३:०१
बिहिवार, पौष १७ २०८२०३:०१
  • images

    काठमाडौं । नेपाल अटोमोबाइल्स क्षेत्रको छाता संस्था नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले नयाँ नेतृत्व पाएको छ। आगामी कार्यकालका लागि महासचिव सुरेन्द्रकुमार उप्रेती निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।

    उक्त निर्वाचनका लागि आगामी पुस २५ गते निर्धारित गरिएको भए पनि उम्मेदवारी दर्ताको समय बिहीबार मध्याह्न १२ बजेसम्म तोकिएको थियो। सो समयसीमाभित्र अध्यक्ष पदका लागि उप्रेती मात्र उम्मेदवारी दिएका कारण उनी स्वतः निर्विरोध चुनिएका हुन्। निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ।

    उप्रेती लामो समयदेखि नाडाको विभिन्न जिम्मेवारीमा रहेर अटोमोबाइल क्षेत्रको विकासमा सक्रिय रहँदै आएका छन्। उनले पहिले कोषाध्यक्ष र महासचिवका रूपमा काम गर्नुका साथै लुब्रिकेन्ट तथा वातावरण समितिको सदस्यको रूपमा पनि योगदान दिएका छन्।

    व्यवसायिक रूपमा उनी एसटीसी ग्रुपका प्रबन्ध निर्देशक हुन्। उप्रेतीको नेतृत्वमा रहेको कम्पनीले नेपालमा टायर, लुब्रिकेन्ट, ब्याट्री र स्पेयर पार्ट्सको व्यवसायमा स्थिर उपस्थिति कायम गर्दै आएको छ।

    यसअघि गत पुस ९ गते नाडाको ४९औं वार्षिक साधारण सभा सम्पन्न भएको थियो। तर, निर्वाचन प्रक्रिया स्पष्ट नभएको कारण काठमाडौं जिल्ला प्रशासन कार्यालयले रोक लगाएको थियो। प्रशासनको निर्देशन पालना गर्दै नाडाले पुस २५ गते नयाँ निर्वाचन मिति तय गरेको थियो। अध्यक्ष पदमा उप्रेती निर्विरोध भएपछि अन्य कार्यसमिति सदस्य र पदाधिकारीहरू पनि सर्वसहमतिमा चयन गर्ने तयारी भइरहेको नाडाले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend