२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • विवेकशील साझाबाट गएका ७ जना रास्वपाको...

विवेकशील साझाबाट गएका ७ जना रास्वपाको केन्द्रीय सदस्य

विवेकशील साझाबाट गएका ७ जना रास्वपाको केन्द्रीय सदस्य

सीएनएन खबर
आइतवार, पौष २० २०८२०४:२०
सीएनएन खबर
आइतवार, पौष २० २०८२०४:२०
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले ७ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको छ।

    विवेकशील साझाबाट समायोजनमा आएका समीक्षा बास्कोटासहित ७ जना नेताहरूलाई रास्वपाले केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको हो।

    पार्टी समायोजन पश्चात् विवेकशील साझाबाट आएका अध्यक्ष बास्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, महासचिव रञ्जु दर्शना, कार्यालय प्रमुख नवराज थापा, प्रवक्ता आशुतोष प्रधान, सुरज प्रधान, धनेज थापा केन्द्रीय सदस्य बनेका हुन्।

    प्रवक्ता मनिष झाका अनुसार ७ जना केन्द्रीय सदस्य थप गरिएको छ। अब रास्वपा केन्द्रीय समिति ६५ सदस्यीय पुगेको छ।

    रास्वपाले यसअघि विवेकशील साझाबाट आएका नेताहरूलाई संघीय नेतृत्व मञ्च गठन गरी सदस्य मनोनीत गरेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend