२०८३, आश्विन २२ गते

images

रास्वपाको राजनीतिक समायोजन घोषणा आज

रास्वपाको राजनीतिक समायोजन घोषणा आज

सोमवार, पौष २१ २०८२०७:५५
सोमवार, पौष २१ २०८२०७:५५
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ ।

    नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहटरथारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएको हो ।

    घोषणा सभा दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

    रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन् । उनीहरु आज रास्वपामा समाजोजन हुनेछन् ।

    रञ्जिता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि असन्तुष्ट नेता-कार्यकर्ताले रास्वपा रोजेका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend