२०८३, आश्विन २२ गते

images
  • कर्पोरेट
  • ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ...

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार, पौष २१ २०८२१०:४६
सोमवार, पौष २१ २०८२१०:४६
  • images

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आइतबार सुन तोलाको २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन आइतबार तोलाको ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ४ हजार ६८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २७ हजार १९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार १७ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend