२०८३, आश्विन २२ गते

images

वीरगन्जका मुख्य क्षेत्रमा निषेधाज्ञा जारी

वीरगन्जका मुख्य क्षेत्रमा निषेधाज्ञा जारी

सोमवार, पौष २१ २०८२०२:०५
सोमवार, पौष २१ २०८२०२:०५
  • images

    काठमाडौं । धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको छ ।

    वीरगन्ज महानगरपालिकाका मुख्य तथा संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा जारी गरिएको हो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पुस २१ गते दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि यो निषेधाज्ञा लागू भएको हो ।

    प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम शान्ति सुरक्षा कायम राख्नका लागि तोकिएका क्षेत्रहरूभित्र कुनैपनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।

    निषेधाज्ञा लागू भएका क्षेत्रहरूमा पूर्वमा बसपार्क क्षेत्र, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेट हुन् ।

    प्रशासनले उक्त आदेशको उल्लंघन गर्ने जोसुकैलाई नियन्त्रणमा लिई कानूनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ । पछिल्लो समय सुरक्षा संवेदनशीलता बढेको अवस्थामा शान्ति कायम गर्न यो कदम चालिएको हो ।

    bir.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend