२०८३, आश्विन २२ गते

images

हट्यो वीरगञ्जमा लगाईएको कर्फ्यू

हट्यो वीरगञ्जमा लगाईएको कर्फ्यू

सीएनएन खबर
मंगलवार, पौष २२ २०८२०४:३९
सीएनएन खबर
मंगलवार, पौष २२ २०८२०४:३९
  • images

    काठमाडौँ । वीरगञ्जमा लगाईएको कर्फ्यू हटेको छ । दुई धार्मिक समुदायको तनाव पछि वीरगञ्जमा सोमबार साँझ ६ बजेदेखि लगाइएको कर्फ्यू हटाइएको छ ।

    मंगलबार भएको सर्वपक्षीय पाँच बुँदे सहमति पश्चात वीरगञ्जको कर्फ्यू हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । स्थानीय प्रशासनले आज साँझ ६ बजेसम्म कर्फ्यू समय थप गरेको थियो ।

    ‘‘सर्वदलीय र सर्वपक्षीय बैठकमा भएको सहमति एवं हाल जिल्लाको शान्ति सुरक्षाको व्यवस्था सुदृढ हुँदै गएको, नागरिकको स्वतन्त्र आवागमन, व्यापार व्यवसाय लगायतको गतिविधि निर्वाध रुपमा गर्न दिई जीवनयापन सहज गर्नु पर्ने समेतका कारण मिति २०८२।०९।२२ गते अपरान्ह ३:३० बजे देखि लागू हुने गरी उक्त कर्फ्यू आदेश हटाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ’ प्रमुख जिल्ला अधिकारी दाहालले जारी गरेको सूचनामा उल्लेख छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend