२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • एमालेले टुंग्यायो राष्ट्रियसभाका ६ उम्मेदवार, रामकुमारी...

एमालेले टुंग्यायो राष्ट्रियसभाका ६ उम्मेदवार, रामकुमारी झाँक्रीदेखि रोशनी मेचेसम्म

एमालेले टुंग्यायो राष्ट्रियसभाका ६ उम्मेदवार, रामकुमारी झाँक्रीदेखि रोशनी मेचेसम्म

बुधवार, पौष २३ २०८२०९:४७
बुधवार, पौष २३ २०८२०९:४७
  • images

    काठमाडौँ । नेकपा एमालेले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। जसमा रामकुमारी झाँक्रीदेखि रोशनी मेचेसम्म समेटिएका छन्। 

    एमाले सचिव महेश बस्नेतले दिएको जानकारीअनुसार झाँक्री र मेचेसहित प्रेम दंगाल, सम्झना देवकोटा, मीना रखाल र लीला भण्डारीलाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनाइएको हो। अब मधेस प्रदेशबाट मात्र उम्मेदवार चयन गर्न बाँकी रहेको उनले बताए। 

    राष्ट्रिय सभाका १८ सदस्य चयनका लागि आउँदो माघ ११ गते चुनाव हुँदै छ। त्यसमा एमालेले नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० र जनता समाजवादी पार्टी (जसपा) सँग चुनावी तालमेल गर्ने सहमति गरेको छ। भागबन्डामा एमालेले ७ सिट पाएको छ। 

    राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ। जसमध्ये एकजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने प्रावधान रहेकाले १८ सदस्य चुन्न चुनाव गर्न लागिएको हो। 

    राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (बुधबार) देशभर उम्मेदवारी दर्ता गरिँदै छ। निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend