२०८३, आश्विन २२ गते

images
  • कर्पोरेट
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार...

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, पौष २३ २०८२१०:५७
बुधवार, पौष २३ २०८२१०:५७
  • images

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ४ सय रुपैयाँले घटेर २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार सुन तोलाको २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन मंगलबार तोलाको ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर ४ हजार ९३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार बुधबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २९ हजार ५१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २३१ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend