२०८३, आश्विन २२ गते

images
  • कर्पोरेट
  • ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ...

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहिवार, पौष २४ २०८२१०:४६
बिहिवार, पौष २४ २०८२१०:४६
  • images

    काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

    अघिल्लो दिन बुधबार सुन तोलाको २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन बुधबार तोलाको ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ४ हजार ८३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २७ हजार ७९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार १४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend