२०८३, आश्विन २२ गते

images
  • समाचार
  • रास्वपासँगको एकता प्रक्रिया भाँडिएपछि उज्यालो नेपालले...

रास्वपासँगको एकता प्रक्रिया भाँडिएपछि उज्यालो नेपालले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

रास्वपासँगको एकता प्रक्रिया भाँडिएपछि उज्यालो नेपालले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

शनिवार, पौष २६ २०८२०३:४७
शनिवार, पौष २६ २०८२०३:४७
  • images

    काठमाडौं । उज्यालो नेपाल पार्टीले आकस्मिक रूपमा केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक आज शनिबार अपरान्ह ४ बजे बस्ने तय भएको पार्टीले जनाएको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया भाँडिएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो। उज्यालो नेपालका अनुसार दुई पक्षबीच कुलमान घिसिङलाई उपसभापति बनाउने सहमति भएको भए पनि पदाधिकारी तथा केन्द्रीय सदस्यको बाँडफाँडमा सहमति हुन सकेको थिएन।

    पार्टीका अनुसार समानुपातिक उम्मेदवारसम्बन्धी पूर्व सहमति कार्यान्वयन नभएको कारण एकता प्रक्रिया टुटेको हो। सहमतिका अन्य विषयमा पनि अन्तिम चरणमा कुरा नमिलेको उज्यालो नेपालको दाबी छ।

    यता, रास्वपा पक्षले भने पछिल्लो समय शक्ति बाँडफाँडसम्बन्धी संवादका क्रममा कुलमान घिसिङ पूर्ववत सहमतिबाट पछि हटेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend