२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • कांग्रेस विशेष महाधिवेशन आजदेखि सुरु हुँदै,...

कांग्रेस विशेष महाधिवेशन आजदेखि सुरु हुँदै, ८ बजेपछि प्रतिनिधिको नाम दर्ता

कांग्रेस विशेष महाधिवेशन आजदेखि सुरु हुँदै, ८ बजेपछि प्रतिनिधिको नाम दर्ता

आइतवार, पौष २७ २०८२०७:३३
आइतवार, पौष २७ २०८२०७:३३
  • images

    काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ ।

    कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन कार्यक्रम हुनेछन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुन लागेको महाधिवेशनमा पार्टीका नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि निमन्त्रणा दिइएको छ ।

    महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका लागि नाम दर्ताको तयारी थालिएको छ । बिहान ८ बजेदेखि नै नाम दर्ता सुरु गर्ने तयारी गरिएको छ ।

    महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट ८ बजेदेखि नाम दर्ता सुरु गरिने दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ ।

    नाम दर्ता गर्न परिचय खुल्ने कागजात, एकप्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी गराएका छन् । उनका अनुसार नाम दर्ताको शुल्क एक हजार तोकिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend