२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • कुलमानसँग एकता भंग भएपछि रास्वपाले गर्‍यो...

कुलमानसँग एकता भंग भएपछि रास्वपाले गर्‍यो समानुपातिक सूचीको अद्यावधिक

कुलमानसँग एकता भंग भएपछि रास्वपाले गर्‍यो समानुपातिक सूचीको अद्यावधिक

आइतवार, पौष २७ २०८२१२:३४
आइतवार, पौष २७ २०८२१२:३४
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीको नाम अद्यावधिक गराएको छ। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँगको एकता भंग भएपछि आज आयोग गरेर सूची अद्यावधिक गराएको हो।

    शनिबार उज्यालो नेपाल र रास्वपाबीच भएको एकताको सहमति भङ्ग भएको थियो। आइतबार बिहान आयोगमा गएर आसन्न निर्वाचनको लागि समानुपातिक तर्फबाट उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाएको प्रवक्ता मनिष झाले बताए।

    यसअघि रास्वपाले समानुपातिक उम्मेदवारको सूची बुझाएपछि चर्को आलोचना भएको थियो। आलोचनापछि बन्दसूचीमा परेका डा। रामजी राम, डा।अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू, सिर्जना ओली ९सिर्जु०, मोहना अन्सारीलगायतले नाम फिर्ता लिएको घोषणा गरेका थिए।

    उज्यालो नेपालबाट र नाम फिर्ता लिएको घोषणा गरेका नेताहरूको ठाउँमा रास्वपाले नाम अद्यावधिक गराएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend