२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • जसपा नेपाल र लोसपा नेपालबीच पार्टी...

जसपा नेपाल र लोसपा नेपालबीच पार्टी एकीकरण

जसपा नेपाल र लोसपा नेपालबीच पार्टी एकीकरण

आइतवार, पौष २७ २०८२०५:४६
आइतवार, पौष २७ २०८२०५:४६
  • images

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बिच एकीकरण औपचारिक रूपमा सम्पन्न भएको छ । दुवै दलबिच २०८२ साल पौष १३ गते एकीकरण गर्ने सहमति गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको थियो । सोही सहमतिलाई आधार मानी एकीकरण प्रक्रिया अघि बढाइएको हो ।


    ‎सम्झौताअनुसार एकीकरणपछि दलको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम रहनेछ भने पार्टीको चुनाव चिन्ह छाता रहनेछ । पार्टीको झण्डा माथिल्लो भाग रातो, बिचमा सेतो र तल्लो भाग हरियो रंगको रहने तथा बिच भागमा ढल्किएको छाता रहने व्यवस्था गरिएको छ । ‎एकीकृत पार्टीलाई सञ्चालन गर्न ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ । 

    समन्वय समितिले आफू मध्येबाट ११ सदस्यीय सचिवालय गठन गर्नेछ । दुवै पार्टीका केन्द्रीय समिति पूर्ण रूपमा समायोजन नहुन्जेलसम्म केन्द्रीय समन्वय समिति नै पार्टीको संगठन सञ्चालन, परिचालन, निर्देशन तथा निर्णायक निकाय रहनेछ ।


    ‎सम्झौतामा दुवै पार्टी मातहत रहेका सबै तह र निकायका संगठन, भ्रातृ तथा शुभेच्छुक संगठन, विभाग तथा संयन्त्रहरू जनता समाजवादी पार्टी, नेपालको मातहतमा रही केन्द्रीय समन्वय समितिको निर्णयअनुसार क्रियाशील रहने उल्लेख गरिएको छ। समायोजन प्रक्रिया पूरा नहुन्जेलसम्म संगठनहरू आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय रहनेछन्।

    dd4a28910bf34043a922d764ff00d3e8-1768131809.jpg
    undefined
    08dbca831ce24d72a76eabf368c7c2fa-1768131809.jpg
    undefined
    f5c9df56d1194724ab0d4db1a0a78cda-1768131809.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend