काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन तोलामा ७ सय रुपैयाँले बढेर २ लाख ७७ हजार २ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन तोलामा २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ५ हजार ४८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ५ हजार ६४५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
महासंघका अनुसार शुक्रबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ३७ हजार ६५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ८४० रुपैयाँमा कारोबार भईरहेको छ ।

