२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • बालेनमाथि ओली र थापाप्रति आपत्तिजनक अभिव्यक्ति...

बालेनमाथि ओली र थापाप्रति आपत्तिजनक अभिव्यक्ति दिएको आरोप, आयोगमा उजुरी

बालेनमाथि ओली र थापाप्रति आपत्तिजनक अभिव्यक्ति दिएको आरोप, आयोगमा उजुरी

सोमवार, माघ १२ २०८२०४:४६
सोमवार, माघ १२ २०८२०४:४६
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवम् झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन्द्र साहविरूद्व निर्वाचन आयोगमा उजुरी परेको छ ।

    नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगन थापाप्रति आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उजुरी परेको हो ।

    निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रिया विपरीत भ्रामक, घृणात्मक र मानहानिकारक अभिव्यक्ति दिएको भन्दै धर्मराज तिमिल्सिनाले उजुरी दिएका हुन् ।

    उजुरीमा भनिएको छ, ‘बालेन शाहले प्रयोग गरेका “७६ जना बच्चाको हत्यारा, आतङ्कवादी, देश जलाउने” जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, आपराधिक र तथ्यहीन आरोप हुन् । यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुर्‍याउने, वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने तथा मतदाताको मानसिकता भ्रमित पार्ने खतरा रहेको छ।’

    उनले अभिव्यक्तिको तथ्यपरक छानबिन गरी आचारसंहिता विपरीत ठहर भएमा आवश्यक कारबाही गर्न उजुरीमा माग गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend