२०८३, आश्विन २१ गते

images

राष्ट्रपति र प्रधानमन्त्रीबीच आधा घण्टा भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबीच आधा घण्टा भेटवार्ता

बुधवार, माघ १४ २०८२१२:४३
बुधवार, माघ १४ २०८२१२:४३
  • images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच आज शीतलनिवासमा भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्की आज बिहान साढे १० बजे राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेकी थिइन्।

    दुवैबीच करिब आधा घण्टा लामो छलफल भएको राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार भेटमा समसामयिक विषयमा कुराकानी भएको हो।

    भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम तथा निर्वाचनसँग सम्बन्धित विषयमा छलफल केन्द्रित रहेको बताइएको छ। यद्यपि, छलफलको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend