२०८३, आश्विन २२ गते

images
  • समाचार
  • नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी ११ औं...

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी ११ औं संस्करण माघ २२ देखि २५ गतेसम्म काठमाडौंमा हुने

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी ११ औं संस्करण माघ २२ देखि २५ गतेसम्म काठमाडौंमा हुने

बुधवार, माघ १४ २०८२०२:३१
बुधवार, माघ १४ २०८२०२:३१
  • images

    काठमाडौं । नेपालको समग्र निर्माण क्षेत्रको विकासको उद्देश्यसहित आयोजना हुँदै आएको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको एघारौँ संस्करण यो वर्ष माघ २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ।

    प्रदर्शनीमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्ड, र २०० भन्दा बढी स्टलहरू राखिनेछन्। निर्माण क्षेत्रमा आवद्ध व्यवसायी, उत्पादक, आयातकर्ता, वितरक, आर्किटेक्ट, इन्जिनियर तथा सेवाप्रदायकहरूको ठूलो संख्यामा सहभागिता हुने अपेक्षा गरिएको छ।

    यस प्रदर्शनीमार्फत स्वदेशी उत्पादन र प्रविधि अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने र नवीनतम निर्माण सामाग्री, सेवा तथा प्रविधि नेपाल भित्र्याउने अवसर प्रदान गरिने आयोजकहरूले बताएका छन्।

    प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम, मार्बल, टायल्स, स्यानिटरी वेयर, आधुनिक किचन, रुफिङ, लिफ्ट, ढोका, झ्याल, पाइप, प्लम्बिङ, सिमेन्ट, स्टिल लगायत निर्माणसम्बन्धी सम्पूर्ण सामाग्री उपलब्ध हुने जनाइएको छ। प्रदर्शनीको मुख्य प्रायोजक फ्लाईबर्ड इन्टेरियर, जबकि पावर्ड बाई मालुम्बिनी सेरामिक्स (लेमिनार टायल्स) रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend