२०८३, आश्विन २२ गते

images

एनएमबी बैंकले घोषणा गर्‍यो ७ प्रतिशत नगद लाभांश

एनएमबी बैंकले घोषणा गर्‍यो ७ प्रतिशत नगद लाभांश

बिहिवार, आश्विन २२ २०८३११:३६
बिहिवार, आश्विन २२ २०८३११:३६
  • images

    काठमाडौँ । एनएमबी बैंकको असोज २१ मा बुधबार साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ।

    बैठकले बैंकको साधारण सेयरतर्फ चुक्ता पुँजीको ७ प्रतिशतका दरले नगद लाभांश (करसहित) र एनएमबी अविमोच्य असञ्चिति अग्राधिकार सेयर–८.२५% तर्फ चुक्तापुँजीको ८.२५ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने निर्णय गरेको हो।

    बैंकको साधारण सेयरतर्फ चुक्ता पुँजी १९ अर्ब २८ करोड ५० लाख ४१ हजार २५७.२० रुपैयाँ रहेको छ भने अग्राधिकार सेयरतर्फ चुक्ता पुँजी ३ अर्ब रुपैयाँ रहको छ। 

    प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित सेयरधनीमा वितरण हुनेछ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend