२०८३, मंसिर ७ गते

  • बैंक बित्त
  • हिमालयन बैंकका अध्यक्षविरुद्ध प्रकाशित समाचार भ्रामक...

हिमालयन बैंकका अध्यक्षविरुद्ध प्रकाशित समाचार भ्रामक भएको कर्मचारी संगठनको दाबी

हिमालयन बैंकका अध्यक्षविरुद्ध प्रकाशित समाचार भ्रामक भएको कर्मचारी संगठनको दाबी

images
बुधवार, मंसिर २ २०८३०१:४१
बुधवार, मंसिर २ २०८३०१:४१
  • images

    काठमाडौं । हिमालयन बैंकका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी परेको भन्दै प्रकाशित समाचार भ्रामक भएको हिमालयन बैंक कर्मचारी संगठनले जनाएको छ।

    कर्मचारी संगठनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक राष्ट्रिय दैनिकको २०८३ मंसिर २ गते प्रकाशित समाचारप्रति आपत्ति जनाएको हो।

    दैनिकको वर्ष १७, अंक १०४२ को पृष्ठ १ मा ‘हिमालयन बैंकका अध्यक्ष अर्याल विरुद्ध अख्तियारमा उजुरी’ शीर्षकमा प्रकाशित समाचार भ्रामक रहेको संगठनको दाबी छ।

    संगठनले उक्त समाचारमा उल्लेख भएअनुसार बैंकका अध्यक्षविरुद्ध कुनै पनि निकायमा उजुरी नदिएको स्पष्ट पारेको छ। अध्यक्षविरुद्ध कुनै पनि निकायमा उजुरी नदिएको विषयलाई गलत ढंगले प्रस्तुत गरी समाचार प्रकाशित गरिएको संगठनको भनाइ छ।

    हिमालयन बैंक कर्मचारी संगठनका अध्यक्ष सुमन कुमार मिश्रले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रकाशित समाचारको खण्डन गर्दै सम्पूर्ण सञ्चारमाध्यम तथा पत्रकारहरूलाई जानकारी गराइएको छ।

    संगठनले तथ्य पुष्टि नगरी समाचार प्रकाशन गर्दा भ्रम सिर्जना हुने भन्दै सम्बन्धित विषयमा वास्तविकता स्पष्ट पार्न प्रेस विज्ञप्ति जारी गरेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend