२०८३, आश्विन २२ गते

images
  • समाचार
  • प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना...

प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा

सीएनएन खबर
बुधवार, माघ १४ २०८२०४:३९
सीएनएन खबर
बुधवार, माघ १४ २०८२०४:३९
  • images

    काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

    बझाङ बित्थडचिर गाउँपालिकाको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्टसहित ५ जनाविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

    सोही पालिकाभित्र रहेको सुनकुडा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहितले विभिन्न शीर्षकमा सरकारी रकम हिनामिना गरेको आरोपमा मुद्दा दर्ता गरिएको अख्तियारको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

    उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुरसहित सुनकुडा माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर अधिकारी, प्रधानाध्यापक धनबहादुर विष्ट, लेखापाल हर्कबहादुर विष्ट, गाउँपालिकाको सव इन्जिनियर किरण भण्डारीविरूद्ध मुद्दा चलाइएको हो।

    रमेशबहादुर अधिकारी, धनबहादु र हर्कबहादुरसँग २६ लाख ५४ हजार, रमेशबहादु विष्ट र सव इन्जिनियर किरणसँग २० लाख रूपैयाँ बिगो माग दाबी गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend