२०८३, आश्विन २२ गते

images
  • समाचार
  • राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै खगेन्द्र...

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै खगेन्द्र सुनारलाई कारबाहीको माग

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै खगेन्द्र सुनारलाई कारबाहीको माग

बुधवार, माघ १४ २०८२०७:२२
बुधवार, माघ १४ २०८२०७:२२
  • images

    काठमाडौँ । नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न/प्रतीक र राष्ट्रिय जनावरको अपमान गरी बाँके क्षेत्र नं ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारले अभिव्यक्ति दिएको आरोप लगाउँदै त्यसको छानबिन गरी कानुनी कारबाही गर्न निर्वाचन आयोगसँग माग गरिएको छ । 
     
    आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई आज ज्ञापनपत्र बुझाउँदै हिन्दू जागरण नेपालले समाज भड्काउने काम गरको भन्दै छानबिन गरी कानुनी कारबाहीको माग गरेको हो । 

    सुनारले राजनीतिक लाभका लागि राष्ट्रियतासँग जोडिएका विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै हिन्दू जागरण नेपालले सुनारको उम्मेदवारी खारेजीको माग गरेको हो । 

    सुनारले राजनीतिक लाभका लागि आम मानिसमा भ्रम फैल्याउने, सामाजिक सद्भावमा असर पुर्‍याउने तथा राष्ट्रको गरिमा कमजोर बनाउने काम गरेकाले त्यसको छानबिन गरिनुपर्नेमा ज्ञापनपत्रमा जोड दिइएको छ । 
     
    यस्ता अभिव्यक्तिले निष्पक्ष र शान्तिपूर्ण रूपामा निर्वाचनका प्रक्रिया अघि बढाउन नकारात्मक प्रभाव पार्ने भएकाले समयमै यस्ता गतिविधि रोकिनुपर्ने हिन्दू जागरण नेपालको माग छ । छानबिन गरी प्रचलित कानुन र निर्वाचन आचारसंहिताअनुसार सुनारलाई कारबाही गर्न माग गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend